images
images

सिन्धुपाल्चोकमा मदिराको नशामा युवकले गरे काका र दिदीको हत्या

  • २४ माघ २०७८, सोमबार ०८:००

दोलखा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका एक युवकले ढुंगा प्रहार गरी दुई जनाको हत्या गरेका छन् ।

जिल्लाको बलेफी गाउँपालिका वडा ७ माथिल्लो चिम्लिङका ३८ वर्षिय विजय तामाङले स्थानिय ७० वर्षिया बसुमाया तामाङ र ५९ वर्षिय सन्तविर तामाङको ढुंगा प्रहार गरी हत्या गरेका हुन् । तामाङले मादक पदार्थ सेवन गरी ढुंगा प्रहार गरेर उनीहरुको हत्या गरेको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । सन्तविर र विजयले हिजो दिउँसोसँगै बसेर मादक पदार्थ सेवन गरेका थिए ।

सो क्रममा सामान्य विवाद हुँदा विजयले हिजो साँझ सन्तविर र बसुमायाको हत्या गरेको प्रहरीले जनाएको छ । सन्तविरमाथि ढुंगा प्रहार भएपछि छुट्टयाउन गएकी दिदिको पनि ढुंगा प्रहार गरी उनले हत्या गरेका छन् । मदिराको नशामा रहेका उनले ढुंगासँगै बाँसको भाटा पनि प्रयोग गरी उनीहरुको हत्या गरेको देखिएको डिएसपी बस्नेतले बताउनुभयो । टाउकोमा लगातार ढुंगा प्रहार गर्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा राखिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न विजय र सन्तवीर नाताले काका भतिजा हुन् । घटना लगत्तै फरार रहेका विजयलाई प्रहरीले जंगलमा लुकेर बसेको अवस्थामा गएराति नै नियन्त्रणमा लिएको छ ।