images
images

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

  • २५ चैत्र २०८०, आईतवार १३:४९

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो । नेता अधिकारीले नेकपा एमालेका २२, नेकपा माओवादी केनद्रका ८ र राजीव गुरुङसहित ३१ जनाको समर्थनको पत्र प्रदेश प्रमुखलाई बुझाउँदै नयाँ सरकारको दाबी गर्नुभएको थियो ।