images
images

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु

  • १९ फाल्गुन २०८०, शनिबार १३:२०

पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परी कैलाली सोरहनपुर गाउँपालिकाका २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिकाका ३० वर्षीय सैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो । पोखरा–७ बुलौँदी ओरालोमा हल्लनचोकबाट जिरो तर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०३४ प ५६२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनीहरु गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।