images
images

भौतिकमन्त्री मनाङेले भने –“विकास गर्न हर्क साम्पाङ झैं हिँड्नुपर्दैन, हामीसँग धेरै इन्जिनियरहरु छन”

  • ५ चैत्र २०८०, सोमबार १७:५३

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीपक मनाङेले आफूले अब वास्तविक राजनीति गर्ने बताउनुभएको छ ।

पद तथा गोपनीयताको शपथ लिएपछि आज सञ्चारकर्मी कुराकानी गर्दै उहाँले अब ४ वर्ष राजनीति गर्ने बताउनुभयो । पूर्वाधारमन्त्री मनाङेले एक वर्षसम्म आफू आराम गरेर बसेको र अबको चार वर्ष राजनीति गर्ने बताउनुभयो । उहाँले यसअघि आफूले सामाजिक काम गरेको भन्दै अब रियल पोलिटिक्समा आउने बताउनुभयो । केन्द्रमा गठबन्धन फेरिएपनि त्यसको असर प्रदेशमा पर्न नहुने उहाँको भनाइ छ ।

यस्तै, उहाँले सरकारको ७० प्रतिशत बढी बजेट भौतिक पूर्वाधार मन्त्रालयमा नै रहेको र भ्रष्टाचार पनि धेरै हुने भएकाले नियन्त्रण गर्न आफू भौतिकमन्त्री बनेको बताउनुभयो । भौतिकमन्त्री मनाङेले विकास गर्न हर्क साम्पाङ झैं हिँड्ननपर्ने भन्दै आफूहरुसँग धेरै इन्जिनियरहरु रहेको बताउनुभयो । एकीकृत समाजवादी पार्टी हिजो त्यागेका मनाङे आज गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुभएको हो ।