images
images

शैलुङ युवक हत्या काण्डः प्रेम सम्बन्धका कारण किशोरीका परिवारजनबाट मारिएको पुष्टि

जिरी (दोलखा) । दोलखाको शैलुङ गाउँपालिकास्थित मागापौवाका युवकको प्रेम सम्बन्धका कारण हत्या भएको पुष्टि भएको छ ।

गत महिना विभत्स हत्या भएको शैलुङ गाउँपालिका–४ मागापौवाका १९ वर्षीय भिष्म भण्डारीलाई प्रेम सम्बन्धकै कारण प्रेमीकाको परिवारले हत्या गरेको खुलेको हो । दोलखा प्रहरीले आज पत्रकार सम्मेलन गरी घटनामा संलग्न भएका व्यक्तिहरुलाई सार्वजनिक गर्दैछ ।

प्रेमीकाका बुबा शैलुङ गाउँपालिका–५ काटाकुटीका पुरस्कर नेपाली, नेपाल आर्मीमा कार्यरत किशोरीका ठूलो बुबाका छोरा विशाल नेपाली र स्थानीय इश्वर नेपाली हाल प्रहरीको नियन्त्रणमा छन् । उनीहरुले ७ कक्षामा अध्ययनरत १७ वर्षीया किशोरीको भण्डारीसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ती युवक र किशोरीको केही दिन अघि मात्रै गाउँघरकै मेलामा जाँदा भेटघाट र चिनजान भएको र त्यसपछि उनीहरु नजिकिएको तथ्य खुलेको छ । किशोरीका बुबा र दाजुसँगै साइलो भनिने इश्वर नेपाली पनि मदिरा सेवन गरी घर फर्किदा किशोरीसँग ती युवकलाई फेला पारेपछि खुकुरी प्रहार र कुटपिटगरी युवकको विभत्स हत्या गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ । किशोरीसँग घरभित्रसँगै भेटिएपछि युवकलाई घरबाहिर निकालेर विभत्स हत्या गरी अन्यत्रै लगेर फालिएको पाइएको प्रहरीको भनाई छ ।

किशोरीका बुबा र दाजुसँगै साइलो भनिने इश्वर नेपाली पनि मदिरा सेवन गरी घर फर्किदा किशोरीसँग ती युवकलाई फेला पारेपछि खुकुरी प्रहार र कुटपिटगरी युवकको विभत्स हत्या गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ । किशोरीसँग घरभित्रसँगै भेटिएपछि युवकलार्ई घरबाहिर निकालेर विभत्स हत्या गरी अन्यत्रै लगेर फालिएको पाइएको प्रहरीको भनाई छ ।

घटनाको बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायव उपरिक्षक (डिएसपी)को नेतृत्वमा खटिएका टोली र दोलखा प्रहरीले अनुसन्धान गरिरहेको थियो । त्यसपछि पछिल्लो पटक सिआइबीको टोली समेत अनुसन्धानमा खटिएको थियो । पहिलो चरणमा कुनै क्लु सम्म फेला नपारेको प्रहरीले अहिले घटनाको अन्तिम विन्दु सम्म पुगेर विस्तृत विवरण सार्वजनिक गर्न लागेको हो । दशी प्रमाण नभेटिएपछि दोलखा प्रहरीले तीन जनालाई पक्राउ गरी अभद्र व्यवहारको मुद्धामा म्याद थप गरी अनुसन्धानलाई जारी राखेको थियो ।

भण्डारीको शव घाँटि रेटेर अलग गरिएको र शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेको अवस्थामा पौष १६ गते शव फेला परेको थियो । शैलुङ गाउँपालिका–५ काटाकुटीस्थित बिरेन्द्र मावी नजिकै बजिनी खोल्सामा युवकको शव फेला परेको थियो । भण्डारीको शव टाउको छुटिएको, अनुहारमा गम्भीर चोट लागेको, देव्रे हातका तीनवटा औंला नभएको, दायाँ हातको बुढी औंला र चोर औंलाको वीचमा चिरिएको अवस्थामा फेला परेको थियो ।