images
images

लुम्बिनी प्रदेशमा तीन जना मन्त्री नियुक्त

  • २५ चैत्र २०८०, आईतवार १४:२४

लुम्बिनी प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन् ।

प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेकपा माओवादी केन्द्रबाट दिपेन्द्र पुन, नेकपा एमालेबाट चेतनारायण आचार्य र जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीले मन्त्रीहरुलाई विनाविभागीय मन्त्री नियुक्त गर्नुभएको हो । लुम्बिनीमा चैत २३ गते महरा ५ दलका ४८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्ति हुनुभएको थियो । मुख्यमन्त्रीसहित नवनियुक्त मन्त्रीहरुले पनि आजै शपथग्रहण गर्ने तयारी गरिएको छ । प्रदेश प्रमुखको कार्यकालमा हाल मन्त्रिहरुलाई नियुक्तिपत्र दिने तयारी भइरहेको छ ।