images
images

गौरीशंकर बहुउद्धेश्यीय सहकारी संस्थाका शेयर सदस्यलाई १५ प्रतिशत लाभांश

  • २० आश्विन २०८०, शनिबार १९:४१

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका ३ स्थित गौरीशंकर बहुउद्धेश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ ।

चरिकोटमा आज आयोजित संस्थाको २४ औं वार्षिक साधारण सभामा गत आर्थिक वर्ष भएको मुनाफाबाट शेयर सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गरिएको जानकारी दिइएको हो । संस्थाका अध्यक्ष श्यामकृष्ण थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाको जिल्ला सहकारी संघका उपाध्यक्ष देवी प्रसाद शर्माले उद्धघाटन गर्नुभयो । सभामा संस्थाका सचिव दिपक धनुकेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष माधव प्रसाईले कुल ११ करोड २७ लाख २१ हजार २ सय ६ रुपैँया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

गौरीशंकर बहुउद्धेश्यीय सहकारी संस्थाको शेयर पूँजी ८५ लाख ३९ हजार ८ सय र ८ करोड ४२ लाख २ हजार ६ सय ८५ रुपैँया बचत छ । गत आर्थिक वर्ष कुल ९ करोड ७३ लाख ८१ हजार ३ सय २० रुपैयाँ ऋण लगानी गरेको सहकारी संस्थाले १ करोड १९ लाख ७२ हजार १ सय ९९ रुपैँया आम्दानी गरेको छ । संस्थामा ८ सय १६ जना शेयर सदस्य रहेका छन् । साधारणसभाको अवसरमा नियमित बचतकर्ता, उत्कृष्ट ऋणी र एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई सम्मान गरिएको थियो ।

यसैबीच, गौरीशंकर बहुउद्धेश्यीय सहकारी संस्थाको नयाँ नेतृत्व चयन भएको छ । सभाले पुनः श्यामकृष्ण थापाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा दिपक धनुके, सचिवमा शेरबहादुर बस्नेत, सहसचिवमा धुर्व थापा र कोषाध्यक्षमा माधव प्रसाई चयन भएका छन् ।