images
images

प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री पनि आईसोलेसनमा

  • २४ पुष २०७८, शनिबार ०९:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई कारोना भाईरस संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् ।

देउवा आजदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ । शुक्रवार कोरोना पुष्टि भएका प्रचण्डसँग देउवाको भेट भएकाले प्रोटोकल अनुसार उनी आईसोलसनमा बसेको सचिवालय स्रोतले बताएको छ । केहीदिन आइसोलसनमा बसेर कोरोना परिक्षणा गराएपछि मात्रै उनी सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ । दुईदिनअघि प्रधानमन्त्री निवास वालुवाटारमा उच्चस्तरीय राजनितिक संयन्त्रको बैठकमा देउवा र प्रचण्डसँगसँगै रहेका थिए । भेटघाट भएको भोलिपल्टै प्रचण्डमा कोरोना पुष्टि भएपछि देउवा लगायतका अन्य नेताहरु पनि कन्ट्याक्ट टे«सिङमा परेका छन् ।

आजै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वान टु वान वार्ता गरेका थिए ।