images
images

मुलुकभर महिला दिवश मनाइरहँदा श्रीमानको कुटपिटबाट २१ वर्षीया युवतीले गुमाइन ज्यान

  • २५ फाल्गुन २०८०, शुक्रबार १०:५४

काठमाडौं । श्रीमानको कुटपिटबाट सिन्धुपाल्चोकका एक महिलाको ज्यान गएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची घर भएका २५ वर्षीय सन्तोष भुजेलले कुटपिट गर्दा श्रीमती २१ वर्षीया पवित्रा राईको मृत्यु भएको हो । हिजो साँझ मादक पदार्थ सेवन गरी घर आएका सन्तोषले श्रीमती पवित्रालाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी करिब सवा ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेलमा डेरा गरी बस्दै आएका थिए । सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।