images
images

रामेछापमा मिनिट्रक दुर्घटना हुँदा चालक गम्भिर घाईते

  • २६ बैशाख २०८०, मंगलवार १९:२८

रामेछापा । रामेछापमा इँटा बोकेको मिनि ट्रक दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन् ।

दुर्घटनामा परी मन्थली नरगपालिका वडा नम्बर १४ फुलासीका ३२ वर्षिय जनक थापा गम्भिर घाईते भएका हुन् । खाँडादेवि गाउँपालिकाबाट मन्थलीतर्फ इँटा बोकेर आउँदै गरेको बा ४ ख ७४४२ नम्बरको मिनि ट्रक वडा नम्बर ७ को मुगिटारमा दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ ।

घटना लगत्तै सवारी चालकलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पतालमा पठाइएको छ । इँटा लोड गरिएको मिनि ट्रक आफै अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएको थियो ।