images
images

संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

  • २६ फाल्गुन २०७८, बिहीबार १०:११

संखुवासभा । संखुवासभाको मादीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

संखुवासभाको मादी नगरपालिकामा आज बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको हो ।

दुर्घटनामा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी ५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी ६ का ३० वर्षीया सीता बिक, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दीक्षा कटवाल, मादी ५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, ४८ वर्षीय दीपककुमार दाहाल र ५५ वर्षीय श्याम शेर्पा, मादी ४ का आइतबहादुर तामाङ, मादी २ का ४२ वर्षीय ईन्द्र अधिकारी, मादी ४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ मृत्यु भएको संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा मादी ५ का शुवाष गोले, युवा पोख्रेल र मादी ६ का तुलसा कटुवाल, अम्बिका विक र डम्बरबहादुर कार्की घाइते भएका छन् । दुर्घटनामा अन्य ५ जनाको जिवितै उद्धार गरिएको छ । संखुवासभाबाट झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहानै दुर्घटनामा परेको थियो ।