images
images

एमाले ओखलढुंगाका अध्यक्ष कटुवालले किन दिए राजीनामा ?

  • २९ चैत्र २०८०, बिहीबार १२:१८

ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाका अध्यक्ष शंकर कटुवालले पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष कटुवालले जिल्ला अध्यक्ष र पार्टी सदस्य दुबैबाट राजीनामा दिएका हुन् । गुट उपगुटका कारण जिल्ला अधिवेशनमा निर्णय गर्ने र प्रमाणीकरण गर्न पाउने आफ्नो अधिकार कुण्ठित भएको भन्दै उनले राजीनामा दिएका हुन् । राजीनामा पत्रमा करिब ३४ वर्षको राजनीतिक जीवन भोगाईमा यस्तो शैली कहिले अनुभूत नगरेको भन्दै उनले आफुले गरेको पार्टी योगदानको अर्थ र औचित्य नै नदेखेपछि राजनीनामा पेस गरेको उल्लेख छ । कटुवाल नेकपा एमाले ओखलढुंगाको दशौँ जिल्ला अधिवेशनको चैत २५ गते उद्घाटन सत्र समापन भएपछि बन्दसत्रमा गठन गरिएको अध्यक्ष मण्डलको अध्यक्ष पदमा छन् । एमालेको चैत २६ र २७ गते दशौँ जिल्ला अधिवेशन थियो ।