images
images

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित

  • २९ फाल्गुन २०८०, मंगलवार १३:१३

राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् ।

कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्रसहित, एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।  निर्वाचनमा कुल ५६ जना सदस्य उपस्थित भएकोमा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत खसेको थियो ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य दाहाल २०३६ सालदेखि पार्टी राजनीतिमा लागेका थिए । २०६३ मा अन्तरिम संसद्का सदस्य उनी २०६४ सालको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र-३ बाट विजयी भएका थिए । यद्यपि २०७० को निर्वाचनमा भने पराजित भएका थिए । त्यसपछि उनी कांग्रेस- माओवादी सरकारको सिफारिसमा मनोनीत कोटाबाट २०७८ फागुन २५ गते राष्ट्रिय सभा सदस्य बनेका हुन् ।