images
images

नाउपाका नेता घनश्याम चौधरी ३ महिनाको लागि निलम्बित

  • ३० चैत्र २०८०, शुक्रबार १३:२१

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता घनश्याम चौधरी ३ महिनाको लागि निलम्बित भएका छन् ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी गराउनुभएको हो । घनश्याम रेशम चौधरी पक्षका हुन् । चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक–पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टीकरण चित्तबुझदो नभएकाले निलम्बन गरिएको पत्रमा भनिएको छ । यसअघि अध्यक्ष श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्यामलाई हटाएर कैलाश चौधरीलाई तोक्नुभएको थियो ।