images
images

दोलखा र रामेछापमा खुकुरी प्रहार तथा कुटपिटका घटना, एकै दिन ४ घाइते

  • २९ बैशाख २०७९, बिहीबार २१:५१

जिरी (दोलखा) । स्थानीय तह निर्वाचनको मुखमा धमाधम खुकुरी प्रहार तथा कुटपिटका घटना घट्न थालेको छ ।

पछिल्लो केही दिन यता दोलखा र आसपासका जिल्लाहरुमा खुकुरी प्रहारदेखि कुटपिटका घटनाहरु घटेका छन् । आज मात्रै दोलखा र रामेछापमा कुटपिट तथा खुकुरी प्रहारबाट ४ जना घाइते भएका छन् । जसमा विभिन्न पार्टीका विपक्षी दलका कार्यकर्ता–कार्यकर्ताहरुबीच र एक दलका कार्यकर्ताले अर्काे दलका उम्मेदवारहरुलाई नै आक्रमण गर्न सुरु गरेका छन् ।

आज साँझ मात्रै तामाकोशी गाउँपालिकामा नेकपा एमाले र कांग्रेसका कार्यकर्ताबीच दाहोरो झडप हुँदा एक पुरुष घाइते भएका छन् । कांग्रेसका कार्यकर्ता तामाकोशी गाउँपालिका वडा नम्बर ३ छौंडेका दिपक पोखरेल खुकुरी प्रहारबाट घाईते भएका हुन् । एमालेको तर्फबाट वडासदस्य पदमा उम्मेदवार बनेका कृष्ण बहादुर तमाङले आज साँझ खुकुरी प्रहार गर्दा कांग्रेसका कार्यकर्ता पोखरेल घाईते भएको बताइएको छ । खुकुरी प्रहारबाट घाईते भएका पोखरेलको दोलखा सदरमुकाम चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पछिल्लो केही दिन यता दोलखा र आसपासका जिल्लाहरुमा खुकुरी प्रहारदेखि कुटपिटका घटनाहरु घटेका छन् । आज मात्रै दोलखा र रामेछापमा कुटपिट तथा खुकुरी प्रहारबाट ४ जना घाइते भएका छन् । जसमा विभिन्न पार्टीका विपक्षी दलका कार्यकर्ता–कार्यकर्ताहरुबीच र एक दलका कार्यकर्ताले अर्काे दलका उम्मेदवारहरुलाई नै आक्रमण गर्न सुरु गरेका छन् । आज साँझ मात्रै तामाकोशी गाउँपालिकामा नेकपा एमाले र कांग्रेसका कार्यकर्ताबीच दाहोरो झडप हुँदा एक पुरुष घाइते भएका छन् । कांग्रेसका कार्यकर्ता तामाकोशी गाउँपालिका वडा नम्बर ३ छौंडेका दिपक पोखरेल खुकुरी प्रहारबाट घाईते भएका हुन् । 

यस्तै, रामेछापमा आज ३ जना घाइते भएका छन् । रामेछापको दुई स्थानीय तहमा कुटपिट तथा खकुरी प्रहारका घटना घटेका छन् । आज विहान रामेछापको गोकुलगंगा गाउँपालिकामा नेकपा एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादी केन्द्रका वडाध्यक्षका एक उम्मेदवार गम्भिर घाईते भएका छन् । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ मा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका यमबहादुर कार्की एमाले कार्यकर्ताको कुटपिटबाट गम्भिर घाईते बनाएका हुन् । उनलाई एमालेका कार्यकर्ताहरु रविन सुनुवार, वबि सुनुवार र शिव सुनुवारको टोलीले बाँसको भाटाले कुटपिट गरेको रामेछाप प्रहरीले जनाएको छ ।
आज विहानै उमाकुण्ड गाउँपालिकामा पनि वडा नं ३ का वडाध्यक्षका उमेदवार रमेश सुनुवारमाथि खुकुरी प्रहार भएको छ । नेकपा एमाले र राप्रपाका कार्यकर्ताहरुले सुनुवारलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोे नेपाली कांग्रेसको तर्फबाट उमाकुण्ड गाउँपालिका अध्यक्षका उमेदवार बनेका जीतबहादुर काटुवालले जानकारी दिनुभयो । उम्मेदवार सुनुवारसँगै कांग्रेसका कार्यकर्ता शेरबहादुर सुनुवार पनि कुटपिटबाट घाइते भएका छन् ।

यसअघि मंगलबार राती दोलखाको कालिञ्चोक गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई जना सामान्य घाईते भएका थिए । कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ मा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा परी एमाले र कांग्रेसका एक/एक जना कार्यकर्ता सामान्य घाइते भएका थिए ।