
जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन् ।
छेडागाड नगरपालिका वडा नम्बर ४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारका लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटनामा परेको हो । कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जीप भीरबाटी भन्ने स्थानमा आफैं अनियन्त्रित भएर दुर्घटनामा भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।