images
images

प्रधानमन्त्री प्रचण्डले पाए संसदमा तेस्रोपटक विश्वासको मत

  • ३० फाल्गुन २०८०, बुधबार १५:४६

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज तेस्रोपटक विश्वासको मत लिनुुभएको छ ।

नयाँ सत्ता गठबन्धन बनाएर मन्त्रीपरिषद फेरबदल गरेका प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिनुभएको हो । जसअनुसार प्रतिनिधिसभामा बुधबार उपस्थित २६८ मध्ये प्रचण्डको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको छ। मत दिन्न भन्ने पक्षमा १ मत खसेको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो । विश्वासको मत बहुमतले पारित भएको हो । प्रतिनिधि सभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन् ।

प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोड्दै नेकपा एमालेलगायत दलसँग सहकार्य गरेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।