images
images

बैंकिङ कसुर मुद्धामा फरार सिन्धुपाल्चोकका पुरुष पक्राउ

  • २ फाल्गुन २०७८, सोमबार १६:२८

काठमाडौं । बैकिङ कसुर मुद्धामा फरार रहेका सिन्धुपाल्चोकका एक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका घर भई काठमाडौंस्थित तीनकुने बस्ने ३६ वर्षिय सुमित भण्डारी र तनहुँको व्यास नगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौंको सोह्रखुट्टे बस्दै आएका सुरज तमाङलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नो खातामा प्रयाप्त रकम नभएपनि अरुलाई झुक्याएर खाली चेक दिएको अभियोगमा उच्च अदालत पाटनले उनीहरुमाथि २०७७ साल मंसिर १३ गते बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कसुरमा सजाय तोकेको थियो ।

अदालतले बैकिङ कसुर मुद्धामा सिन्धुपाल्चोकका भण्डारीलाई ९ लाख ७३ हजार जरिवाना र ५ दिन कैद सजायको फैसला सुनाएको थियो भने गुरुङलाई विगो बमोजिम २४ दिन कैद र ७२ लाख जरिवानाको फैसला सुनाएको थियो । त्यस लगत्तै फरार रहेका उनीहरुलाई केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आजै अदालतमा बुझाइएको ब्युरोका प्रहरी उपरिक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।