images
images

निम्न माध्यमिक तहको शिक्षकको लागि दरखास्त आह्वान

  • २ फाल्गुन २०८०, बुधबार ०९:२८

काठमाण्डौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षकको लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले आज सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागी दरखास्त आह्वान गरेको हो । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएको जनाउँदै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको छ ।

इच्छुक उम्मेदवारले आजैदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।