images
images

गोरखामा मिनीट्रक दुर्घटना हुँदा दोलखाका एक सहित २ जनाको मृत्यु

  • ३० फाल्गुन २०७९, मंगलवार ११:२९

दोलखा । गोरखामा मिनीट्रक दुर्घटना हुँदा दोलखाका एक सहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मिनिट्रक दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षीय विष्णु खड्का र बर्दियाका मंगल चौधरीको मृत्यु भएको हो । दोलखा स्थायी घर भएका मृतक खड्का राष्ट्रिय वाणिज्य बैँक गजुरी शाखामा कार्यरत रहेको गोरखाका सुचना अधिकारी वेदनाथ भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार खड्काको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाईकलमा सवार उनीहरुको वैवाहिक कार्यक्रममा सहभागी हुन जाने क्रममा दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो साँझ गोरखा बसपार्कबाट हरमटारी चोकतर्फ जाँदै गरेको प्रदेश ३ ०१–००३ क ६१७० नम्बरको मिनी ट्रक गोरखा नगरपालिका वडा नम्बर ६ बिसौनीमा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका ६ जनाको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।