images
images

कुवेतमा कारको ठक्करबाट ३ नेपालीको मृत्यु

  • १ चैत्र २०८०, बिहीबार ०८:४४

कुवेतमा कारको ठक्करबाट ३ जना नेपालीको मृत्यु भएको छ ।

कुवेतको महाबुल्ला क्षेत्रको सी–साइडमा उभिएर बसेका ३ जना नेपालीको कारको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा अछामका सुरत बहादुर कठायत, नागार्जु–२ काठमाडौँका सुजन कार्की र धनुषाका धिरज गुर्मछान मगर रहेका छन् । मृत्तक सबै जना कुवेतको एउटै कम्पनीमा कार्यरत रहेका थिए । सडकमा उभिएका सुरतसहित ३ जनालाई एक स्थानीयले तीव्र गतिमा चलाएर ल्याएको कारले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने चालकलाई प्रहरीले पक्राउ गरेको छ भने शवलाई पोष्मार्टमका लागि फरवानिया अस्पतालमा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।