images
images

उदयपुर जीप दुर्घटनाः मृतक ८ जनाको पहिचान, घाईतेको उपचार हुँदै

  • १ चैत्र २०८०, बिहीबार १६:३३

उदयपुर । उदयपुरमा भिरबाट जीप खसेर दुर्घटना हुँदा मृत्यु भएका सबैको पहिचान खुलेको छ ।

बेलका–७ बाखाकुवास्थित भोजपुर र उद्यपुर जोड्न चुवार पुल नजिकै जीप दुर्घटनामा परी मृत्यु भएका ८ जनाको पहिचान खुलेको हो । धरानबाट छुटेको १ ज २५९३ नम्बरको जीप आज भिरबाट खस्दा दुर्घटना भएको थियो । जीप दुर्घटना हुँदा ६ महिने शिशुसहित ७ जनाको घटनास्थलमै मृत्यु भएको हो एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा उद्यपुरको हतुवागढी गाउँपालिका– २ का जीप चालक मान बहादुर बस्नेत, सोही स्थानका चन्द्रप्रकाश राई, रामकुमारी राई, दिशान राई, पर्वतमाया राई, बराहक्षेत्र–३ का पदमबहादुर थापा लगायत रहेका छन् । यस्तै दुर्घटनामा परी ९ जना घाइते भएकाहरुको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।