
जिरी (दोलखा) । कालिञ्चोक गाउँपालिका १ मा वडाध्यक्ष सहित एमालेको प्यानलनै विजयी भएको छ ।
भर्खरै मतगणना सम्पन्न भई सार्वजनिक भएको परिणाम अनुसार कालिञ्चोक १ का वडाध्यक्षमा एमालेका पदम थामी सहित उनका प्यानलै विजयी भएका हुन् । जसमा महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पनि एमालेकै विजयी भएका हुन् । यो सँगै दोलखाको २ वटा वडाको नतिजा सार्वजनिक भएको छ । यसअघि जिरी नगरपालिका १ मा कांग्रेसको प्यानलनै विजयी भएको थियो ।