images
images

दोलखाको सुनखानीमा बोलेरो दुर्घटनाः दाजुभाई घाईते

  • ३० असार २०७९, बिहीबार १३:२१

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा बोलेरो दुर्घटना दुई दाजुभाई घाईते भएका छन् ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ सुनखानी स्थित सिसागोलाई सित्काको बिचमा आज बोलेरो दुर्घटना हुँदा दुई दाजुभाई सामान्य घाईते भएका हुन् । घाईते हुनेमा बोलेरो चालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ सिंगटीका २४ वर्षका प्रकाश पाठक र उनका भाई उपेन्द्र पाठक रहेका छन् । हाल उनीहरु दुवैलाई उपचारका लागि सिंगटी अस्पताल पठाइएको छ । आज साँढे १२ बजे कालिञ्चोकबाट सिंगटी जाँदै गरेको ५२ च ७३० नम्बरको बोलेरो सडकमा पल्टिएर दुर्घटना भएको हो।