images
images

भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा दोलखाका युवकको मृत्यु

  • ३ फाल्गुन २०७८, मंगलवार ०८:३७

काठमाडौं । भक्तपुरमा बस र मोटरसाइकल आपसमा ठोक्किदाँ दोलखाका एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार तामाकोशी गाउँपालिका वडा नम्बर १ भीरकोटका ३४ वर्षिय देवेन्द्र कार्कीको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुरको कमलविनायकस्थित च्यामासिंमा बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक दोलखाकै २७ वर्षिय बलराम सुनुवार घाइते भएका छन् । उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ ।