images
images

गठबन्धनका विरुद्धमा नबोल्न र नजान नेपाली कांग्रेसको कडा निर्देशन

  • २ बैशाख २०७९, शुक्रबार १८:०७

काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनका विरुद्धमा नजान र नबोल्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आज बसेको कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले गठबन्धनका विरुद्धमा नबोल्न र नजान निर्देशन दिएको हो । बैठकमा पार्टी उपसभापति तथा समितिका संयोजक पुर्णबहादुर खड्काले गठबन्धनको बाध्यता बुझिदिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो । कांग्रेसले गठबन्धनले नै सरकार सञ्चालन गरिरहेका बेला निर्वाचन हुन लागेकाले दलहरु मिलेर निर्वाचनमा जाने कुरा सजिलो हुने निष्कर्ष समेत निकालेको छ ।

कांग्रेसले चुनावि तालमेलका विरुद्धमा नबोल्न कडा निर्देशन दिएको हो । प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्रीय समितिलाई सर्वसम्मत उम्मेदवार चयनमा जोड दिन कांग्रेसले भनेको छ । यस्तै कांग्रेसले स्थानीय तह निर्वाचनका लागि सबै प्रदेश, पालिकामा केन्द्रिय प्रतिनिधि पठाउने निर्देशन पनि गरेको छ ।