images
images

ग्यास विस्फोटमा परेका सांसद भण्डारीको अवस्था जटिल, भारत लैजाने तयारी

  • ४ फाल्गुन २०७९, बिहीबार १०:२२

काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा परी घाईते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको अवस्था गम्भिर छ ।

विस्फोटमा परेका भण्डारीको शरीरको २५ प्रतिशत भाग जलेको छ भने उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । सांसद भण्डारीको फोक्सोमा समेत असर परेकालाई उनलाई थप उपचारका लागि भारत लैजाने चिकित्सकहरुले सिफारिस गरेका छन् । गएराति आफ्नै निवास बुद्धनगरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाईते भएका हुन् । उनीहरुको अहिले कीर्तिपुर अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको चिकित्सकहरुले बताएका छन् ।

ग्यास सिलिन्डर विस्फोट हुँदा बन्द कोठाभित्रको धुँवा फोक्सोम्म पुगेकाले सांसद भण्डारीको अवस्था गम्भिर रहेको कीर्तिपुर अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारले जानकारी दिनुभयो ।