images
images

सिन्धुपाल्चोकको मेलम्चीका प्रशासकीय अधिकृत झुटा विवरणका आधारमा नागरिकता जारी गरेको आरोपमा पक्राउ

  • ३ चैत्र २०८०, शनिबार ०६:३५

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झुटा विवरणका आधारमा नागरिकता जारी गरेको आरोपमा पक्राउ परेका छन् ।

मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल सुन तस्करीका नाइके दावा छिरिङलाई नेपाली नागरिकता दिएको र अन्य दोहोरो नागरिकता दिएको आरोपमा पक्राउ परेका हुन् । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत रहँदा उनले झुटा विवरणको आधारमा बेल्जियन नागरिक दावालाई नेपाली नागरिकता दिएको र अन्य दोहोरो नागरिकता दिएको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । खरेलले २०७४ सालमा दावालाई निमा तामाङ नामको नेपाली नागरिकता दिएको आरोप लागेको छ ।

प्रहरीका अनुसार उनले राजु गुरुङ र कुलानन्द भण्डारीलाई झुटा विवरणको आधारमा दोहोरो नागरिकता दिएको पाइएको छ ।