images
images

सर्वोच्चको परिसरबाट दुर्गा प्रसाईका बडीगार्ड पक्राउ

  • ५ चैत्र २०८०, सोमबार १५:२०

काठमाडौँ । सर्वाेच्च अदालतको परिसरबाट दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ परेका छन् ।

प्रसाईंका बडीगार्ड झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्कालाई सर्वाेच्च अदालतभित्रबाट आज हतियरासहित पक्राउ गरिएको हो । खड्का प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका छन् । प्रहरीले उनको साथबाट बन्दुक बरामद गरेको छ । सर्वाेच्चमा आज प्रसार्इंसँग सम्बन्धित मुद्धामा सुनुवाइ भइरहेको बेला उनका गार्ड भने हतियारसहित पक्राउ परेका हुन् ।