images
images

जनमत गठबन्धनको पक्षमा छ, दोव्वर मतले विजयी हुनेछौ : उम्मेदवार काफ्ले

  • १ कार्तिक २०७९, मंगलवार ११:०२

दोलखा । बाम लोकतान्त्रिक गठबन्धनवाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले दोलखामा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको दावी गर्नुभएको छ ।

दोलखा प्रदेश सभा ‘क’ मा उम्मेदवार बनेका काफ्लेले गठबन्धनका दलहरु एकतावद्ध भएर चुनावमा होमिने र मंसिर ४ गते दोलखाको जनमत गठबन्धनको पक्षमा उत्रिने बताउनुभयो । हाम्रो रेडियोको बहशमुखी कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै उहाँले स्थानीय तहवाट दोलखामा पहिलो र दोश्रो शक्ति बनेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी समेतको मत जोड्दा गठबन्धनको पक्षमा दोव्वर मत हुने उहाँको दावी छ । दोलखाको राजनीतिक इतिहासमा नेकपा एमालेले लामो समय शासन गर्दा समेत जिल्लाको विकास र जनताको पक्षमा ठोस उपलव्धि हुन नसकेको भन्दै उम्मेदवार काफ्लेले एमालेको जनमत दिनप्रति दिन खस्किदै गएको बताउनुभयो ।

दोलखामा बामगठबन्धनवाट राजनीतिमा खारिएका पुराना नेता र युवा पुस्ताको नेतृत्वलाई समायोजन गरेर उम्मेदवारी दर्ता भएपछि जिल्लावासीमा नयाँ उत्साह छाएको उहाँले बताउनुभयो । अर्को फरक प्रसंगमा काफ्लेले निर्वाचनमा गठबन्धन दलहरुवीच अन्र्तघात हुने सम्भावना एक प्रतिशत पनि नहुने बताउनुभयो । पूर्वाधार विकास र सामाजिक विकासले दोलखालाई नमूना बनाउने र जनताको जीवनस्तरलाई माथि उठाउनु गठबन्धनको मुख्य उद्धेस्य र लक्ष्य रहेको उहाँको भनाई छ ।