images
images

भीमेश्वर नगरपालिकामा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना गम्भिर घाइते

  • ३ पुष २०७९, आईतवार १६:२२

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा कार र मोटरसाइकल आपसमा ठोक्किँदा दुई पुरुष गम्भिर घाईते भएका छन् ।

भीमेश्वर नगरपालिका वडा नम्बर २ स्थित तिखातलमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सुरीका ३३ वर्षिय राजकुमार कौशक र सोही स्थानका ३५ वर्षिय नहकुल खड्का गम्भिर घाईते भएका हुन् । उनीहरुको धुलिखेल अस्पताल दोलखा अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

चरिकोटबाट सिंगटीतर्फ जाँदै गरेको बा ५ च ८१०७ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२४ प ६७३८ नम्बरको मोटरसाइकल आज दिउँसो तिखातलमा आपसमा ठोक्किएको हो ।