images
images

बागलुङमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २५ घाईते

  • ६ चैत्र २०८०, मंगलवार ०६:१८

बागलुङ । बागलुङमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् ।

बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको बुर्तिबाङ प्राथमिकता स्वास्थ्य केन्द्रमा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । मृत्तक कसैको पनि सनाखत नभएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो । पूर्वी रुकुमदेखि काठमाडौँका छुटेको बागमती प्रदेश–०१–००६ ख ३८७९ नम्बरको बस हिजो साँझ दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घाईतेहरुको भने धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनामा परी घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र उपचारलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । उहाँले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै दुर्घटनामा परी मृत्यु भएकाहरुपति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायहरुसहित आवश्यक योजना निर्माण गर्नसमेत आग्रह गर्नुभयो ।