images
images

बागलुङ बस दुर्घटना अपडेटः सबै मृतकको सनाखत

  • ६ चैत्र २०८०, मंगलवार ०७:४६

बागलुङ । बागलुङमा बस दुर्घटनामा परी मृत्यु भएकाहरु सबैको सनाखत भएको छ ।

सनाखत हुनेहरुमा रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया विनिता केसी लगायत रहेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार दुर्घटनामा परी मृत्यु भएकामध्ये धेरैजसो रुकुमका रहेका छन् ।

पूर्वी रुकुमदेखि काठमाडौँका छुटेको बागमती प्रदेश–०१–००६ ख ३८७९ नम्बरको बस हिजो साँझ दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घाईतेहरुको भने धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।