images
images

सर्लाहीमा भारतीय अपहरणकारीलाई प्रहरीले चलायो गोली, दुई जना नियन्त्रणमा

  • ६ चैत्र २०८०, मंगलवार ०८:००

सर्लाही । सर्लाहीमा भारतीय अपहरणकारीलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ ।

बरहथवा नगरपालिकामा भारत मोतिहारीका जितेन्द्र राउत र अर्का एक जनालाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो । प्रहरीले अपहरणकारीहरुलाई पक्राउ गर्न ५ राउण्ड गोली चलाएको थियो । प्रहरीले चलाएको दुई राउण्ड गोली राउतको घुँडा र तिघ्रामा लागेको छ । गोली लागेर घाईते भएका राउतको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ परेका उनीहरुविरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब एक दर्जन मुद्धा विचाराधीन रहेको छ । प्रहरीले उनीहरुले बोकेको अमेरिकन पेस्तोल र ६ राउण्ड गोली प्रहरीले बरामद गरेको थियो ।