images
images

राँगा काट्ने बधशालामा साथीको हत्या, बागमतीमा फालेर फरार तिखे २१ वर्षपछि पक्राउ

  • ६ चैत्र २०८०, मंगलवार १३:२४

काठमाडौँ । आफ्नै साथीको हत्या गरी फरार रहेका सोलुखुम्बुका एक युवक २१ वर्षपछि पक्राउ परेका छन् ।

सोलुखुम्बु्को नेचा सल्यान ४ निवासी ४१ वर्षिय तिखे भनिने तेजबहादुर राई साथीको हत्या प्रकरणमा २१ वर्षपछि पक्राउ परेका हुन् । राईले २०५९ साल असोज १४ गते २६ वर्षिय सञ्जय शाहीको हत्या गरेका थिए । काठमाडौँको मरुढोका ईनाटोल स्थित बिनोद शाहीको राँगा काट्ने बधशालाभित्र उनले टाउको र शरीरका बिभिन्न भागमा फलामको रडले प्रहार गर्दा शाहीको मृत्यु भएको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार राईले साथीको शवलाई खोला किनारमा फालेर फरार रहेका थिए । उहाँका अनुुसार काठमाडौँको कोटेश्वरबाट गत चैत ५ गते पक्राउ परेका राईलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौ बुझाईएको छ ।