images
images

प्रधानमन्त्रीः सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता देखिए कारवाही भएरै छाड्ने

  • ६ चैत्र २०८०, मंगलवार १३:४९

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणमा उपप्रधान तथा गृृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएमा कारबाही गर्न कसैले रोक्न नसक्ने बताउनुभयो ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले पोखरास्थित सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएमा कारबाही गर्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले सुशासन कायम गर्ने सवालमा आफूले कुनैपनि सम्झौता नगर्ने बताउनुभयो । उहाँले अनुसन्धानको घेरामा आएपछि कारबाही गर्न आफ्नो र अर्काको पार्टी भन्ने आग्रह पूर्वाग्रह पनि नराखेको बताउनुभयो । साथै, प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेविरुद्ध परेको जाहेरीमा पनि कुनै प्रमाण र आधार नभेटिएको दाबी गर्नुभयो ।