images
images

बझाङमा जीप दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु

  • २ कार्तिक २०७९, बुधबार १७:४८

बझाङमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् ।

मष्टा गाउँपालिका वडा नम्बर १ मा यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी घाईते भएका १३ जनामध्ये अधिकांशको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । घाईतेमध्ये धेरैजसो महिला र बालबालिका रहेको मष्टा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो । साँझ परेका कारण हेलिकप्टर उड्न नसक्दा उद्धार कार्य प्रभावित भएको छ ।

मष्टा गाउँपालिकाको डुङग्रीबाट गाउँपालिकातर्फ जाँदै गरेको आज साँझ जिप सडकबाट करिव दुई सय मिटर तल खोल्सामा खसेको हो । जिपमा कतिजना सवार थिए भन्ने एकिन भइसकेको छैन । जीप पुर्ण रुपमा क्षतिग्रस्त भएकाले जीपको नम्बर समेत खुल्न सकेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।