images
images

ट्याङकरको ठक्करबाट रामेछापका एक बालकको मृत्यु

  • ३ मंसिर २०७९, शनिबार १२:१५

काठमाडौं । भक्तपुरमा ट्याङकरको ठक्करबाट रामेछापका एक बालकको मृत्यु भएको छ ।

रामेछापको सुनापाती गाउँपालिका वडा नम्बर ४ घर भई भक्तपुरको व्यासीमा बस्दै आएका ७ वर्षिय बिवेश तमाङको ट्याङकरको ठक्करबाट मृत्यु भएको हो । आज विहान झौखेलबाट व्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको ट्याङकरले ती बालकलाई भक्तपुर नगरपालिका वडा नम्बर २ मा ठक्कर दिँदा बालक गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका तमाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।