images
images

सोलुखुम्वुका काजी विकले श्रीमती र दुई छोरीको हत्यापछि झुण्डिएर गरे आत्महत्या

  • ९ फाल्गुन २०८०, बुधबार १२:३३

काठमाडौँ । काठमाडौंको सितापाइलामा दुई छोरीसहित मृत फेला परेकी सोलुखुम्वुकी महिलाका श्रीमान पनि जङ्गलमा मृत फेला परेका छन् ।

सीतापाइला (नागार्जुन) जंगलमा मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिक रहेका छन् । ५१ वर्षीय बिकको शव डेरादेखि माथि डाँडाको रुखमा झुण्डिएको अवसथामा बुधबार दिउँसो फेला परेको हो। उनले श्रीमती  ईश्वरी श्रेष्ठ र दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रहरीका अनुसार सीतापाइलामा डेरा गरी बस्दै आएकी ३९ वर्षीया प्रेमकुमारी श्रेष्ठ र उनीकी ८ वर्षकी छोरी अनिशा तथा २ वर्षकी नातिनी (छोराकी छोरी) शिवानी श्रेष्ठको शव आज बिहान कोठामा फेला परेको थियो।प्रहरीले तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद छ ।