images
images

सुर्खेतमा जीप दुर्घटनामा परी चार जनाको ज्यान गयो

  • ८ माघ २०७९, आईतवार ०७:४१

सुर्खेत । सुर्खेतमा जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

वीरेन्द्रनगर नगरपालिका–११ मा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो। दुर्घटनामा परी जीप चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका ५ बस्ने ३१ वर्षीय बबिन शाही र दैलेखको गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको छ।

पाँचजना सवार बागमती प्रदेश ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जीप आज विहान साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी घाईते भएका चारैजनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।