images
images

विभिन्न मुलुक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका एकसहित ५ जना पक्राउ

  • ९ चैत्र २०८०, शुक्रबार ०७:२४

काठमाडौं । विभिन्न मुलुक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिन्धुपाल्चोकका एकसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका पुरुषोत्तम गिरी, काठमाडौँको बुढानीलकण्ठकी श्रृति शाही, सोही स्थानकी मन्दिरा बोम्जन गुरुङ, कैलालीकी अस्मिता बम र सुनसरीकी अनिता कुमारी यादव रहेका छन् । बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न मुलुक पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ती पाँच जनाले पीडितहरुबाट रकम लिए पश्चात सम्पर्कविहिन भएका थिए ।

सम्पर्कविहीन भएका उनीहरुलाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।