images
images

दोलखाको गौरीशंकरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाईते

  • ९ चैत्र २०८०, शुक्रबार १९:१३

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

दुर्घटनामा परी गौरीशंकर गाउँपालिका–५ का ४३ वर्षीय अमृत तामाङ र २३ वर्षीय चालक वुद्धिबिर तामाङको घटनास्थलमै मृत्यु भएको हो । गौरीशंकर गाउँपालिका–५ सामेली भोर्लेस्थित सिंगटी गौरीशंकर सडकखण्डको पनि भित्री सडकखण्डमा सुरीको तिनेखुबाट सिंगटीतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टर स्थानीय ठुलो चौतारा भन्ने स्थानमा दुर्घटना भएको गौरीशंकर गाउँपालिकाका–५ का वडाध्यक्ष सुन्दर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी अर्का सोही स्थानका अन्दाजी १९ वर्षीय पेम्वा तामाङ घाईते भएका छन् । घाईते भएका उनलाई सिंगटी अस्पतालमा ल्याइएको वडाध्यक्ष खड्काले बताउनुभयो । उनको अवस्था गम्भीर रहेको दोलखा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुुसार ट्याक्टर आफैँ अनियन्त्रित भई करिब १ सय ८० मिटर तल खसेर दुर्घटना भएको हो । हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय सिंगटीको टोलीले अनुसन्धान गरिरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।