images
images

स्विटजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने काभ्रेपलाञ्चोककी एक महिला पक्राउ

  • ८ जेष्ठ २०८०, सोमबार १६:५९

काभ्रेपलाञ्चोक । स्विटजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोककी एक महिला पक्राउ परेका छिन् ।

स्विटजरल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका ११ दशबिघा बस्दै आएकी ४६ वर्षीया पार्वती थापा पक्राउ परेकी हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई गोंगबुबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उनी तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीका लागि स्वीटजरल्याण्ड पठाइदिन्छु भन्दै पटक–पटक गरी ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको प्रहरीले जनाएको छ ।