images
images

अपर तामाकोशीको शेयरमा निरन्तर गिरावट, प्रतिकित्ता २१८ मा झर्याे

  • ५ भाद्र २०८०, मंगलवार १०:००

जिरी (दोलखा) । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयरको आवेदन खोलेसँगै शेयरको मूल्यमा नसोचेको गिरावट आएको छ ।

केही दिन अघि मात्रै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयरको आवेदन खुलाएसँगै शेयर मूल्यमा गिरावट आएको हो । केही दिन अघिसम्म २ सय ३५ र २ सय ३४ रुपैंयामा कारोबार भएको कम्पनीको शेयर हिजो–आज प्रतिकित्ता २ सय १८ रुपैंयामा झरेको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विजुली विक्री गरिरहेको कम्पनीको शेयरमा यति धेरै गिरावट आएको हो । यसअघिका वर्षहरुमा सो कम्पनीको शेयर कित्तामा ८ सय देखि हजारको हाराहारीसम्ममा कारोबार भएको थियो । तर, पछिलो समय ह्वातै घटेको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निरन्तर घाटमा रहेको छ ।

स्वदेशी लगानीमा निर्मित जलविद्युत आयोजनाले पछिल्लो दुई वर्ष यता निरन्तर विद्युत उत्पादन गरी विक्री गरिरहे पनि घाटा बर्सेनि वृद्धि हुँदै गएको छ । माथिल्लो तामाकोशीले गत आर्थिक वर्षमा मात्रै ८ अर्बको विक्री गरेको छ ।