images
images

शेयर बजारमा हरियाली, नेप्से ५ महिनायताकै उच्च विन्दुमा

  • ३ पुष २०८०, मंगलवार १५:४८

काठमाडौं । केही दिन यता नेप्से लगातार बढिरहेको छ ।

आज पनि नेप्से परिसूचक बढेर बन्द भएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि बढ्न थालेको बजारले आजको दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ९८ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव ४८ विन्दुमा पुगेको छ । यो करिब ५ महिना यताकै उच्च हो । यस अघि गत साउन ११ गते नेप्से परिसूचक दुई हजार एक सय २६ दशमलव ४८ विन्दुमा रहेको थियो ।

आज ११ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अन्य ५ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । समग्रमा शेयर बजार बढेको दिन आज सिद्धार्थ इन्भेटष्मेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य सर्वाधिक ७ दशमलव २६ प्रतिशत घटेको छ ।