images
images

नेपाल बिद्युत प्राधिकरण आईपीओ बिक्री गर्दै

  • २८ पुष २०८०, शनिबार १६:२८

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने भएको छ ।

संस्थाको वित्तीय पुनः संरचना गरी प्राधिकरणले नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर सर्वाधारणमा बिक्री गर्ने भएको हो । शेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति दिएसँगै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेकोे छ । प्राधिकरण सञ्चालक समितिको गत मंसिरमा बसेको बैठकले अर्थ मन्त्रालयमा अधिकृत पूँजी तीन खर्ब कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पनि सार्वजनिक संस्थालाई थप सबल बनाउने उद्देश्यका साथ शेयर जारी गर्न लगिएको बताउनुभएको छ । सरकारले संस्थालाई आम नागरिकको बनाउने उद्देश्यका साथ यस्तो तयारी गरेको स्पष्ट पारेको छ । यसअघि सरकारले नेपाल दूरसञ्चार कम्पनीको समेत शेयर सर्वसाधारणमा बिक्री गरेको थियो ।

प्राधिकरणको शेयरको प्रतिकित्ता किताबी मूल्य एक सय २५ कायम गर्ने र त्यसमा सोही बराबर रकम प्रिमियम थप गरी शेयर निष्काशनको प्रस्ताव गरिएको छ । सो हिसाबले प्राधिकरणको शेयर किन्न चाहने सर्वसाधारणले प्रतिकित्ता २ सय ५० खर्च गर्नुपर्ने छ । प्राधिकरणको हाल अधिकृत पूँजी १ खर्ब २५ अर्ब बराबर छ ।