images
images

शेयर बजारमा छायो हरियाली, अपर तामाकोशीको ‘मार्केट प्राइज’ २००

  • २३ पुष २०८०, सोमबार १५:३८

जिरी(दोलखा) । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको हो ।

आज म्युचल फन्डबाहेक अन्य सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज कुल एक करोड ३७ लाख कित्ता शेयर चार अर्ब ६७ करोड ५२ लाख रुपैँयामा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएका छन् ।

यसैबीच, दोलखामा राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर प्रतिकित्ता २ सय रुपैंयामा कारोबार भइरहेको छ । लामो समयदेखि २ सयको हाराहारीमा बारोबार भएको अपर तामाकोशीको शेयर मूल्यले २ सय ५० लाई समेत छुन सकेको छैन ।