images
images

काभ्रेपलाञ्चोकमा कौडा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

  • १० चैत्र २०८०, शनिबार ०८:४१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कौडा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको छ ।

धुलिखेल नगरपालिका–९ स्थित सुशिल रानाभाटले सञ्चालन गरेको होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको भने पहिचान खुलाइएको छैन । सो होटलमा कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले ती पाँच जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट २० हजार ६ सय ८० रुपैयाँ बरामद गरिएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।