images
images

हुम्लामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

  • १० चैत्र २०८०, शनिबार १७:२३

हुम्ला । हुम्लामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी ओदानचुली गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडीको मृत्यु भएको हो । ओदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरबाट वडा नम्बर ५ को बारीगाउँ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ज ११८३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी घाइते भएकाको परिचय भने नखुलेको जिल्ला प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।