images
images

काठमाडौँको शंखरापुरमा मोटरसाइकलको ठक्करबाट रामेछापका एक पुरुषको मृत्यु

  • ९ जेष्ठ २०८०, मंगलवार १३:४२

काठमाडौँ । काठमाडौँको शंखरापुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिदा रामेछापका एक पुरुषको मृत्यु भएको छ ।

शंखरापुर नगरपालिका–९ इन्द्रायणीस्थित सडकमा बा.प्र ०२–०११ प ४५१७ नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०२–०३३ प ८१७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रामेछापको सुनपाती गाउँपालिका–२ घर भएका ५७ वर्षीय आङ्गे शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि शुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज जोरपाटीमा रिफर गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।